Home Article General धरानमा विमानस्थल बन्ने दिन कहिले आउला

धरानमा विमानस्थल बन्ने दिन कहिले आउला

Print PDF
User Rating: / 11
PoorBest 

धरानलाई पुर्वी पहाडी श्रङखलाको मूल ढोकाको रुपमा लिइन्छ । जसमारण पनि धरान सानो शहर भएपनि पर्यटकीय हिसाबमा धेरै महत्वपूर्ण छ । लाहुरेको बस्तीको रुपमा समेत परिचित धरानलाई केन्द्रविन्दु बनाएर पर्यटकिय रुपमा थुप्रै फाइदा लिन सकिन्छ ।

तर राजनैतिक रुपमा हो कि के भएर हो धरान अपहेलित छ । त्यही अपहेलनाको शिकार भएर होला यहाका जनता जागरुक भएर पनि यहा विकासमा थुप्रै पूवाधारहरु हुदा हुदै पनि त्यो पूरा हुन सकेको छैन । धराने जनताहरुको जागरुकताले नै यहा टोल-टोलका पक्कि सडकहरु बनेको पाइन्छ । शैक्षिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धरानमा पहिले देखि नै एउटा विमानस्थलको अभाव खड्किएको छ । पूवको राजधानी मानिने यो सुन्दर शहरमा विमानस्थल नभइदिंदा धेरै टेन्सन भोग्नु परेको छ यहाका वासिन्दाहरुलाई ।

प्रसंग धरानको विमानस्थलकै बारेमा हो । एक समय धरानमा विमानस्थल बनाउने कुराले निकै चर्चा पाएको थियो र त्यो चर्चा मात्र नभएर वास्तविकता पनि थियो । ३ वर्ष अघिको मात्र कुरा हो, त्यसबेलाका मनोनित मेयर कुमार बहादुर कार्की, उपमेयर मिन सुब्बा र पूव मेयर मनोज कु. मेयाङबोको सक्रियतामा धरान-१७ स्थित सप्तरंगी पार्क छेउको र्सवसाधारणको जग्गा विमानस्थलकै लागि भनेर खरीद समेत गरीएको थियो । दुइ वर्षभित्र विमानस्थल बनाइसक्ने भनी धरान नगरपालिकाको मध्यस्तामा साह्रै कम मूल्यमा विमानस्थल बनाउने जिम्मा लिएको यति कर्पोरेट प्रा. लि. लाई जग्गा बेचिएको थियो । यति कर्पोरेटले २ वर्ष भित्र विमानस्थल बनाइसक्ने नभए खरीद गरेकै दाममा फिर्ता गरीने शर्तमा प्रति कठ्ठा २८ देखि ३८ हजार सम्ममा जग्गा खरीद गरेको थियो । जुन मुल्य प्रचलित मुल्य भन्दा साह्रै कम रहेको छ । हाल सो ठाउमा १ देखि डेढ लाखसम्म प्रति कठ्ठा जग्गा खरीद व्रि्री हुने गरेको छ ।

अहिले जग्गा व्रि्री गरेको पनि ३ वर्ष नाघी सकेको छ तर हाल सम्म विमानस्थलको निमार्ण प्र‌क्रिया थालिएको छैन भने यसबारे कुनै सुचना पनि छैन । जसले गर्दा विमानस्थका लागि जग्गा विकी गर्नेहरु आक्रोशित छन् । आपनो खेती योग्य जमीन विमानस्थललाई दिंदा अहिले त्यहा गाईवस्तु चर्ने स्थल भएकोका पनि जग्गा धनीहरु आक्रोशित छन् । उनीहरु चाडो भन्दा चाडो विमानस्थल निमार्ण प्रक्रियाको शुरुवात गर्नुपर्ने नभए जग्गा फिर्ता गर्नुपर्ने बताउछन् ।

जग्गा धनी र यति कर्पोरेट बिच धरान नगरपालिकाको तर्फाबाट मध्ष्स्ताकर्ता बसेका तत्कालिन उपमेयर मिन सुब्बाको भनाई अनुसार त्यसबेलाको संसद विहिन अवस्थाका अध्यादेश मार्फत BO+ बनाउने व्यवस्था भए अनुरुप धरान-विमानस्थल निमार्ण सम्बन्धमा अध्यादेश लागु समेत भएको थियो । त्यसबेलाको त्यो अध्यादेश हालको राजनिति अवस्थामा स्वतः खारेज भएकोले यति कर्पोरेटलाई काम गर्न अप्ठेरो परेको हो । त्यसबेलाको राजनितिक परिवेशले हो या के भएर हो ? यति कर्पोरेट सहमति अनुरुप काम गरेन तर अहिले यति कर्पोरेट धरान-विमानस्थल निमार्ण एकदमै सकारात्मक रहेको मिन सुब्बा बताउनु हुन्छ ।

धरान-विमानस्थल निमार्ण सम्बन्धमा जनताको आवाज उठेपछि धरानको आठ दल पनि तातेको छ । नेपाली कांगे्रस प्रजातान्त्रिकका नगर सभापति किशोर र्राई झापालि का अनुसार चाडै आठ दल र धरान नगपालिकाको डेलिगेशन टोली काठमाडौ जादैछ । काठमाडौमा सबै तहमा गएर उक्त टोलीले धरान-विमानस्थल निमार्ण सहयोग पुयाउन आवाज उठाउने कुरा बताउनुहुन्छ ।

धरानमा विमानस्थल बनिनुपर्छ भन्ने कुरामा दृढ धरान नगरपालिकाका कार्यकारी अधिकृत दिलिप कुमार चापागाई यति कर्पोरेसनको बाटो हेरीरहेको र मंत्री परिषदबाट पास नभएकोले रोकिएको यो अवस्थामा भोलि गएर मंत्री परिषदबाट पास भएपछि पनि उसले आलटाल गरेमा नगरपालिका आफै विमानस्थल बनाउनमा अग्रसर हुने बताउनु हुन्छ । त्यस्तै पूव उपमेयर मिन सुब्बा विमानस्थल बनाउने यति कर्पोरेटले भोलि गएर दाया-वाया गर्न खोजे धराने जनताहरु आफै अगाडि बढ्ने चेतावनी दिंदै त्सै ताकाको श्री ५ को सरकारको भानुचौकमा रहेको धरान नगरपालिकाको स्वामित्वमा रहेको घरेलु उद्योग बसेको धरान-भानुचौक स्थित जग्गा बेच्न खोज्दा धराने जनताहरु उठेर घरेलुको घर नै भत्काएको प्रसंगको स्मरण गर्नु हुन्छ ।

धरानमा विमानस्थल निमार्ण भए पर्यटकिय रुपमा नभएर अन्य विकासका काममा समेत धरान अगाडि बढ्न सक्ने नगरपालिकाका सुचना अधिकृत सुनिल नेपाल बताउनु हुन्छ । वहाका अनुसार अहिलेको सरकारले विमानस्थल निमार्ण सम्बन्धमा प्राईभेट सेक्टरलाई महत्व नदिएकोले पनि धरान-विमानस्थल निमार्ण अवरोध आएको बताउनु हुन्छ । तर धरानको आठ दल र नगरपालिकाको डेलिगेसन टोलि जसरी भए पनि धरानमा विमानस्थल बनाउने सम्बन्धमा सरकारबाट स्वीकृति लिने पक्षका छन् ।

-Saurav Shrestha

 

Comments 

 
# PREM SHYANGTAN TAMAN 2009-05-14 10:39 let\'s try!!! Reply | Reply with quote | Quote
 
 
# milan rai 2009-05-28 23:35 an airport is must for dharan…in order to proceed in development…dharan lack only one airport… Reply | Reply with quote | Quote
 
 
# asif ansari 2009-06-13 13:45 यसरी धरानमा विमन स्थल बनाउन खोज्नु धेरै राम्रो कुरा हो तर धरानको बिकासमा विभिन्न अव्रोध्हरु उत्पन्न गर्ने र गराउने जो कोहिले पनि राम्रो सोचेको छैन विमन स्थल बनाएपछी जो कोहिलाई पनि सजिलै फाईदा पुग्छ तर हाम्रो धरानेहरुको किन बुद्धी नपलएको होला ? ? ? Reply | Reply with quote | Quote
 
 
# kusal rai 2009-07-14 00:25 sabai mantri haru chor haru matrai cha.. develop hunai didaina.. Reply | Reply with quote | Quote
 
 
# santosh 2009-07-25 01:20 airport is must important for dharan ,,, Reply | Reply with quote | Quote
 
 
# bhumi 2010-01-05 02:48 gud topic..
one thing dat when ppl(neplese) undstnd dat planet(earth) realy turn around the sun or other planet…than the day comes to do everything…stl we r …in …dark-well…
Reply | Reply with quote | Quote
 

Add comment


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!