मिलनको नेपाली मन    
 
 

कान्छी हे कान्छी ,कान्छीको गीत बोलन
छ वर्षघिको मात्र कुरा हो यो चर्चित गीतलाई रिमिक्स भर्सनमा गाएर एकाएक भारतीय नेपालीहरुमझ चर्चामा आएकी गायिका हुन्- मिलन नेवार । भारतका विभिन्न राज्यहरुमा लाखौं नेपालीहरु रहे पनि खासमा दार्जिलिङ र सिक्किमकै कुरा हामी बढी सुन्ने गर्दछौं । अझ भनौं सांगितिक हिसाबले भन्ने हो भने दार्जिलिङ, सिक्किमका थुप्रै स्रष्टाहरुले नेपाली संगीत क्षेत्रमा ठूलो योगदान दिएका छन् । अम्बर गुरुङ्ग, अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, डेजी बराइलीदेखि थुप्देन भुटिया, सुरेश कुमारजस्ता थुप्रै संगीतिक स्रष्टाहरुले नेपाली संगीतमा आफ्नो योगदान दिएका छन् ।

जसको कारणले पनि नेपालबाहिर प्रवासी नेपाली संगीत क्षेत्रको कुरा आउँदा दार्जिलिङ, सिक्किमको कुरा आई नै हाल्छ तर त्यति चर्चामा तथा सर्म्पर्कमा नआए पनि भारतको आसाम राज्यमा पनि नेपाली संगीतकर्मीहरुको छुट्टै पहिचान छ भन्दा तपाईं हामीलाई अचम्म लाग्न सक्छ ।नेपालीहरुको राम्रै उपस्थिति रहेको यो राज्यको चर्चित गायिकाको रूपमा अहिले मिलन नेवार एकदमै चर्चित छन् । केही साताअघि आप

उमेरले अढाइ दशकमात्र पुग्न लागेकी गायिका मिलन नेवारले नेपाली एल्बमहरुमा कान्छी, माया, मेरो मन, झझल्को, जीवनसाथी, सौगात, आशा, मायाको इन्द्रेणी बजारमा ल्याइसकेकी छिन् । भर्खरै रिलिज गरिएको 'मायाको इन्द्रेणी' एल्बम अहिले आसामको टप लिष्टमा पर्दछ । त्यस्तै उनको आसामी लोक एल्बममा आकु अउपमा, अञ्जुमनी, गमुसा, रंगिली सँगै आसामी आधुनिक गिती एल्बम सकुपानी, लाजुकी गाभारु, कुंवली र मिलन रिंग रहेका छन् । राजस्थानी गीतहरुसमेत गाएर राजस्थानमा समेत लोकप्रिय मिलनका लगन श्यामसँग लागी, घुमे घोरलीयो बाबेरो, बुलावे बाबो आजारे, थारो भरोसे दिनानाथ, पर्चो बाबैरो लगायतका राजस्थानी भजनहरु र घुमर, झिणोघुम्टो, रुमाझुमा, काकापरणले लगायतका राजस्थानी एल्बम छन् ।

आसामसँगै राजस्थानमा पनि उत्तिकै लोकप्रिय मिलनले दार्जिलिङ, गान्तोक, सिलिगुडि, कालिम्पोङ, कलकत्ता, मुर्म्बई, कर्णाटक, राजस्थान, सिलौङ्ग मैघालय र आसामको राजधानी गुवाटी, टेवाङलगायत विभिन्न शहरहरुमा आप

स्टेजमा गायनसँगै स्टुडियोमा रेकर्ड समेत गर्ने मौका पाएपछि मिलनले आफ्नो सानोदेखिको सौखलाई व्यवसायमा बदल्ने विचार गरिन र आसाम घर पुगेपछि लगत्तै एक वर्षछि एल्बम 'कान्छी' बजारमा ल्याइन् ।सो एल्बमको 'कान्छी हे कान्छी' गीतले उनी रातारात आसामी नेपालीहरुमाझ चर्चित बनिन् ।अहिले उनी भारतीय प्रवासी नेपालीहरुमाझ पनि निकै लोकप्रिय छिन् । उनको माया बस्यो, वनमा फुल्यो फुल, कान्छी है कान्छी, हातमा मोबाइल फोन, कालो धुँवा उडाउँदै लगायतका थुप्रै गीतहरु चर्चित छन् । विशेषगरी सेन्टिमेन्टल मेलोडी गीतहरु सुन्न मन पराउने गायिका मिलनलाई फुर्सदको क्षणमा नारायणगोपाल, तारादेवी र लता मंगेशकरका गीत सुन्न मनपर्छ । उनी गाउन भने हरेक प्रकारका गीत गाउन रुचाउँछिन् । कलकत्ताबाट संगीतमा विरासत समेत गरेकी मिलन

एक भाई र दुई बहिनीकी जेठी दिदी हुन् । आमा अम्बिका नेवार र बाबा गणेश नेवारको सन्तानको रूपमा जन्मेकी मिलनको पारिवारिक पृष्ठभूमी सांगितीक नभए पनि ठूली आमा डुकुना नेवारको प्रेरणा र आमाबाबाको सहयोगले आफूले सफलता पाएको बताउन उनी चुक्दिनन् । उनकी ठूली आमा डुकुना नेवार पनि आसाम क्षेत्रको स्थापित गायिका नै मानिन्छ ।

आसाममा नेपाली संगीतको राम्रो भविष्य देख्ने गायिका मिलनका अनुसार उनको पहिलो एल्बम कान्छीको अडियो क्यासेट मात्र १ लाखभन्दा बढी बिक्री भएको थियो । त्यस्तै उनले भर्खरै बजारमा ल्याएको ''मायाको इन्द्रेणी' को अडियो २५ हजार भन्दा बढी बिक्री भइसकेको छ । त्यहाँका लोकल टेलिभिजन च्यानल, रेडियो तथा पत्रिकाहरुमा नेपाली भाषा, नेपाली संगीतलाई पनि उतिकै महत्व दिने गरेको ले मिलन जस्ता थुप्रै नेपाली भाषी कलाकर्मीहरुलाई सजिलो भएको छ । बलिउडमा समेत स्थापित भइसकेका जुविन गार्ग, तिलक नेवार , मिलन नेवार आसामको संगीतक्षेत्रका स्थापित नामहरु हुन् । सन् २००३ मा अखिल भारतीय संगीत प्रतियोगितामा गजलमा दोस्रो र लोकसंगीतमा पहिलो स्थानमा आएकी गायिका मिलनको प्रशंसा त्यस प्रतियोगिताका निर्णायकहरु नौसाद, पिनाज मसानी,सुशिला रानीपक्ते जस्ता भारतीय संगीतका हस्तीहरुले गरेका थिए ।

सफलताको लागि आत्मविश्वास अत्यन्त आवश्यक रहेको बताउने मिलन नेवारलाई नेपालको संगीत क्षेत्रमा समेत काम गर्ने आकांक्षा रहेको बताउँछिन् । हुनत उनले केही साताअघिमात्र काठमाण्डौ रहेको बेला वि.वि. अनुरागीको संगीतमा किशोर रानामगरको निर्देशनमा बन्न लागेको फिल्म 'बार डान्स'को यो तन मेरो बोलको गीतमा स्वर दिने मौका पाएकी छिन् । उनी खुशी हुँदै भन्छिन्- नेपाली संगीत क्षेत्रका लागि नेपालबाट समेत केही गर्ने इच्छा छ ।

आफूले जुनसुकै ठाउँमा जुनै भाषामा गीत गाए पनि नेपाली भाषाको गीत झन नेपालीहरुसामु नै सुनाउन पाउँदा आफूलाई बैग्लै आनन्द आउने उनको अनुभव छ । नेपालीहरुमाझ गीत गाउँदा आफू नेपालमै रहेको महशुस हुने बताउने मिलन चाँडै नेपालका विभिन्न शहरहरुमा स्टेज शोसँगै एउटा उत्कृष्ट नेपाली एल्बम समेत पस्कने योजनामा छिन् । उनको नेपाल र नेपालीप्रतिको लगावलाई हेर्दा उनको योजनाले छिट्टै साकार रूप लिने छ भन्ने विश्वास गर्न सकिन्छ र उनलाई हाम्रो पनि अग्रिम शुभकामना ।

\mनो आफन्त भेट्न धरान आएको बेला उनीसित भेट भएको थियो । छ वर्षो छोटो सांगीतिक यात्रामा उनको एल्बमको नाम सुन्दा तीन छक्क नै पर्नुपर्‍यौ । नेपालीमात्र नभएर आसामी, राजस्थानी, आदिवासी भाषामा गरी उनको दुई दर्जनभन्दा बढी एल्बम बजारमा आइसकेको छ भने ५ सय वटा भन्दा बढी गीत उनले आप\mनो स्वरमा रेकर्ड गराइसकेकी छिन् ।\mनो सांगितीक प्रतिभा देखाइसकेकी छिन् ।धेरैलाई थाहा नहोला, उनले आप\mनो पहिलो स्टेज शो भने पूर्वी नेपालको शहर धरानमा गरेकी थिइन् । शायद ७ वर्षगाडि होला, धरानको देशिलाइनमा सम्पन्न दोभान साँझमा मैले पहिलोपल्ट स्टेजमा गाएकी थिएँ'- गायिका मिलन सम्झदै भन्छिन् । त्यसबेला सो कार्यक्रममा धरानको दाइ प्रकाश जोशीको सहयोगमा उनले दोभान साँझमा गाएकी थिइन् । त्यसलगत्तै उनले धरानको म्युजिक मेडियो स्टुडियोमा भोजपुरी फिल्मको 'निसा आगई' बोलको गीतमा स्वर दिने मौकासमेत पाइन् ।
 
 
It is strictly prohibited to use the contents of this site in any form. For more details or to use the photos, please contact to
mail@viewdharan.com
     

©viewdharan.com
All the contents in this site is protected by law. It is strictly prohibited to publish the content of this site in any form without the written consent of viewdharan.com
mail@viewdharan.com