नेपालीहरुको महान चाँड तिहारको शुभ अवसरमा छिमेकी युवा समूह, धरानले यस वर्ष पनि छिमेकी साँझको पन्ध्रौ संस्करण असोज ३० गते आयोजना गर्ने भएको छ ।
स्थानिय कलाकारको कला प्रतिभा प्रस्फुटन र प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गर्न लागिएको छिमेकी सँाझमा स्थानिय तथा राष्ट्रिय कलाकारहरु, विभिन्न नृत्य प्रशिक्षण केन्दहरुको पनि सहभागिता रहने छ । सो कार्यक्रममा गीत, नृत्य, क्यारिकेचरहरु प्रस्तुत गर्ने तथा अभिनन्दन कार्यक्रम पनि रहेको कार्यक्रमका मुल संयोजक सन्दिप शाक्यले बताउनु भयो ।