धरानका स्थायी बासिन्दा प्रदिप थापा अहिले अस्थायी रूपमा काठमाडौंमा बस्छन् । जागिरका सिलसिलामा काठमाडौंमा रहेका प्रदिप थापा सौखिन गायक हुन् तर निक्कै निखारिएका र अरुभन्दा भिन्न ।
उनका गीतहरुमा पनि आफ्नै मौलिकपन छ । मौलिक नेपालीपन भएका उनका गीतहरु मन छुने लोक भाकाका शब्द/संगीत सगसगै वेर्स्टनाइज गरिएका हुन्छन् ।
'रिंग-रिंग जाडो लाग्यो धरानको वेदरले' एकसमय धरानमा निक्कै चलेको यो गीतको आंशिक सफलताको उनमा हौसला थपिएको छ । उक्त गीत शुद्ध लोकगीत भए पनि संगीत संयोजनलाई नेपालीपन सँगै वेस्टनाइजमा ढालेका छन् । मादल, तबला, सारंगीसँगै गीटारको रकिङ फ्युजन रहेको छ उक्त गीतमा ।
नेपथ्यले सुरुवात गरेको यो शैलीलाई उनी निकै राम्रो ठान्छन् । संगीतमा प्रयोगका नाममा संगीतलाई तोडमोड गर्नुभन्दा उनलाई यस्तै फ्युजन शैली मनपर्छ र उनले गाएका १२/१३ वटा गीतमा अधिकांश गीतहरुमा नेपाली वाजाहरुको फ्युजन रहेको छ । धरानमा रेकर्ड गरी "आकार" नामक एल्बम बजारमा केही वर्षघि ल्याइसकेका गायक प्रदिप थापाले उक्त एल्बम त्यस बेलाको सीमित वाधवादन र आफ्नो क्रम अनुभवले गर्दा खासै सन्तुष्टि हुन नसकेको बताउँछन् ।
हाल काठमाडौंमा नया एल्बमका लागि गीत रेकर्डिङमा व्यस्त थापा भनेजस्तो बाधवादकहरु पाएर दङ्ग छन् र आउदो एल्बममा धेरै नै नयाँपन दिने कोसिस गरिरहेको बताउछन् । आउदो एल्बम नेपाली वाजाहरुसँगै विभिन्न इलेक्टि्क वाजाहरुलाई समेटेर शुद्ध नेपाली लोक एल्बम तयार गर्ने गायक थापाको योजना छ ।
-Saurav Shrestha
Dharan-3/67
Sunsari, koshi, nepal
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
{jcomments on}
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |
Comments
!!
Dubai festival city Reply | Reply with quote | Quote
DUBAI FESTIVAL CITY Reply | Reply with quote | Quote