Home Music Interview
Interview

"अफ्‍टर टेन इयर्स"

Print PDF
User Rating: / 5
PoorBest 

'ए कान्छी काली-काली' बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा स्थापित समूह हो- "धनकुटे" । धनकुटाका युवाहरु मिलेर स्थापना गरेको यो समूहका गायक हुन् पियूष श्रेष्ठ । भलिबलका राष्ट्रिय खेलाडीसमेत रहेका गायक श्रेष्ठले एकलरूपमा 'फरलन' नामको एल्बमसमेत निकालिसकेका छन् । नेपाली संगीत क्षेत्रमा स्थापित भएर पनि केही सांगीतिक कार्यक्रमपछि गायक पियूष एक्लिए । सबै साथी विदेशतिर लागेपछि उनी धनकुटे समूहमार्फत् विभिन्न सांगीतिक कार्यक्रममा बेलाबखत मात्र देखापर्दथे । हाल हङकङमा बसोबास गर्दै आएका गायक श्रेष्ठ नयाँ एल्बम 'अफ्‍टर टेन र्इयर्स' ल्याउने तयारीमा छन् । हङकङबाट यसै सातामात्र जन्मथलो आएका गायक पियूषसँगको छोटो कुराकानी :-

के गर्दै हुनुहुन्छ अहिले ?
खासै केही छैन । केही घरायसी काम छ । दुइचार दिनमा काठमाडौं गएर नयाँ एल्बम 'अफ्‍टर टेन र्इयर्स' रिलिज गर्दैछु ।

एल्बमको नाम 'अफ्‍टर टेन र्इयर्स’ किन ?
धनकुटे समूहमार्फत् 'ए कान्छी काली-काली' गीत इमेज च्यानलमा भिज्युल भएको १० वर्ष पुगिसक्यो । त्यो गीत हिट भएको लगत्तै अर्को एल्बम निकाल्ने तयारी गरे पनि विभिन्न कामले निरन्तरता दिन सकेको थिइनँ । एल्बम तयार गर्दा १० वर्ष कटेको पनि पत्तै भएन । त्यही भएर एल्बमको नाम नै 'अफ्‍टर टेन र्इयर्स' राखेको ।

यो १० वर्ष के के गर्नुभयो ?
केही समय धनकुटामै व्यापार गरें । त्यसपछि हङकङ गइयो । अहिले हङकङमा नै काम गर्दैछु । बेला-बेलामा नेपाल आइरहन्छु । नेपाल आएको समयमा सांगीतिक रमझममा रमाउने गर्छु ।

 


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!