'ए कान्छी काली-काली' बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा स्थापित समूह हो- "धनकुटे" । धनकुटाका युवाहरु मिलेर स्थापना गरेको यो समूहका गायक हुन् पियूष श्रेष्ठ । भलिबलका राष्ट्रिय खेलाडीसमेत रहेका गायक श्रेष्ठले एकलरूपमा 'फरलन' नामको एल्बमसमेत निकालिसकेका छन् । नेपाली संगीत क्षेत्रमा स्थापित भएर पनि केही सांगीतिक कार्यक्रमपछि गायक पियूष एक्लिए । सबै साथी विदेशतिर लागेपछि उनी धनकुटे समूहमार्फत् विभिन्न सांगीतिक कार्यक्रममा बेलाबखत मात्र देखापर्दथे । हाल हङकङमा बसोबास गर्दै आएका गायक श्रेष्ठ नयाँ एल्बम 'अफ्टर टेन र्इयर्स' ल्याउने तयारीमा छन् । हङकङबाट यसै सातामात्र जन्मथलो आएका गायक पियूषसँगको छोटो कुराकानी :-
के गर्दै हुनुहुन्छ अहिले ?
खासै केही छैन । केही घरायसी काम छ । दुइचार दिनमा काठमाडौं गएर नयाँ एल्बम 'अफ्टर टेन र्इयर्स' रिलिज गर्दैछु ।
एल्बमको नाम 'अफ्टर टेन र्इयर्स’ किन ?
धनकुटे समूहमार्फत् 'ए कान्छी काली-काली' गीत इमेज च्यानलमा भिज्युल भएको १० वर्ष पुगिसक्यो । त्यो गीत हिट भएको लगत्तै अर्को एल्बम निकाल्ने तयारी गरे पनि विभिन्न कामले निरन्तरता दिन सकेको थिइनँ । एल्बम तयार गर्दा १० वर्ष कटेको पनि पत्तै भएन । त्यही भएर एल्बमको नाम नै 'अफ्टर टेन र्इयर्स' राखेको ।
यो १० वर्ष के के गर्नुभयो ?
केही समय धनकुटामै व्यापार गरें । त्यसपछि हङकङ गइयो । अहिले हङकङमा नै काम गर्दैछु । बेला-बेलामा नेपाल आइरहन्छु । नेपाल आएको समयमा सांगीतिक रमझममा रमाउने गर्छु ।
सफलता पाइसकेर पनि किन हराउनुभयो ?
हराएको नै त भन्न मिल्दैन । बीचमा मेरो समूह पनि निस्त्रिय रह्यो तर पनि बेला मौकामा स्टेजमा निस्कन्थे । एल्बम ननिकालेर चाहिँ हराएको जस्तो लागेको हो ।
नया एल्बममा कस्ता गीत छन् ?
सेन्टिमेन्टल, पप, आधुनिक गीतहरु छन् । यही एल्बममा 'ए कान्छी', गीतलाई पनि समेटेको छु । भर्खरै एउटा गीत 'जब रातले' भिज्युल गरिसकें । जुन गीत अहिले टेलिभिजनमा बजिरहेको छ ।
कस्तो रेस्पोन्स छ भिडियोको ?
राम्रै छ । साथीभाइ तथा स्रोताहरुले मन पराइ दिनुभएको छ । सोचेभन्दा बढी रेस्पोन्स पाएको छु । सो भिडियोमा अभिनय गरिदिनुहुने साथी हेमराज र्राई, मिस हङकङ जुनु पुन र भिडियो निर्माण गर्ने साथी सुरज श्रेष्ठप्रति निक्कै आभार छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
मलाई चिन्नुहुने सम्पूण स्रोता/दर्शकहरुलाई 'अफ्टर टेन र्इयर्स' किनेर तथा सुनेर प्रतिक्रिया दिन अनुरोध गर्दछु ।
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |
Comments
i am paras.
call me on 07932735367
uk is very cold. Reply | Reply with quote | Quote
video was execellent.
paras
uk Reply | Reply with quote | Quote
you doing well.good luck. Reply | Reply with quote | Quote