साउन २८ / August 12
 

धरानस्थित पब्लिक उच्च माविका पर्ुव प्रधानाध्यापक कमल पोखरेलले गरेको भ्रष्ट्रचारको छानविनको माग गर्दै अभिभावकहरुले सुनसरीका जिल्ला शिक्षा अधिकारी समक्ष आज ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला शिक्षा अधिकारी दिपक काफ्लेको उपस्थितीमा विधालयमा आज सम्पन्न र्सवपक्षिय बैठकमा अभिभावकहरुले यस सहित तीन सुत्रिय माग पेश गरेका छन् । अन्य मागहरुमा ब्यवस्थापन समिती विघटन हुनुपर्ने र तत्काल प्रधानाध्यापकको नियुक्ति हुनुपर्ने रहेका छन् ।
आर्थिक अनियमितता गरेको र आफुहरु माथि दर्ुर्ब्यवहार गरेको भन्दै शिक्षक कर्मचारीहरुले राजीनामा माग गरिरहेकै वखत पर्ुव प्रधानाध्यापक पोखरेलले केही महिना अघि नियमित अवकाश लिएका थिए । पोखरेल विगत १२ वर्षेखि विधालयको प्रधानाध्यापक रहेका थिए ।
मागहरु उपर सुनुवाई नभएमा आफुहरु सशक्त आन्दोलनमा उत्रने अभिभावक शान्ता मगरले बताउनुभयो ।

-लिलानाथ घिमिरे

 

©viewdharan.com
All the contents in this site is protected by law. It is strictly prohibited to publish the content of this site in any form without the written consent of viewdharan.com
mail@viewdharan.com