विगत पाँच दिन देखि मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलमा जारी यातायात बन्द विहीवारदेखि देशब्यापी हुने भएको छ ।
आन्दोलन परिचालन समितीद्धारा बुधवार वेलुकी धरानको भानुचौकमा आयोजित कोणसभामा सो घोषणा गरिएको हो ।
सभामा आन्दोलनरत यातायात मजदुर संघ मध्येको एक नेपाल स्वतन्त्र यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष मोतीराज सुनुवारले हालसम्मको बन्दवाट सरकार मौन वसेका कारण बन्दलाई देशब्यापी बनाउनुपरेको बताउनुभयो ।
हिले-काठमाण्डौ रुटमा चल्ने सत्यर्साई ट्राभल्सको ना २ ख ३९८६ नं. को यात्रुवाहक वसलाई नियन्त्रणमा लिने क्रममा चालक कृष्ण खवासको डाँका समुहले गत २३ गते र्सलाहीको वाँके जंगलमा गोली हानी हत्या गरिएपछि विभिन्न छ सुत्रिय माग राखी यातायात मजदुरहरु गत पाँच दिनदेखि आन्दोलनरत छन् ।
|