यातायात सम्वद्ध संस्थाहरुले आब्हान गरेको विगत पाँच दिन देखिको बन्दका कारण मानविय सेवा समेत प्रभावित हुन पुगेको छ ।
बन्दका कारणर् इन्धन अभाव भएपछि नेपाल रेडक्रस सोर्साईटी सुनसरी शाखाका अधिकाँश एम्वुलेन्सहरु थन्किएका छन् । पेटोल नपाएपछि सोर्साईटीको सुनसरी जिल्ला शाखा कार्यलय धरानका पाँचवटा एम्वुलेन्स र एउटा शववाहन मध्ये दर्ुइ वटा एम्वुलेन्समात्र सञ्चालनमा छन् र्।र् इटहरी रेडक्रसका चारर्,र् इनरुवाका दर्ुइ र खनारको एक एम्वुलेन्स पनि पेटोल नभएका कारण कार्यलयमै थन्किएको सोर्साईटीको सुनसरी शाखाले जनाएको छ ।
पटक पटक कुनै न कुनै संस्था, दल वा समुहले गर्दै आएको बन्दका कारण विगत तीन महिना अघिदेखि नर्ैर् इन्धनको अभाव शुरु भएको शाखाका एम्वुलेन्स चालक शिव कटुवालले बताउनुभयो । पछिल्लो पटक जारी बन्दले सवै पेटोल पम्प बन्द भएपछि समस्या उत्कर्षा पुगेको उहाँले बताउनुभयो । यही अवस्था रहने हो भने शाखाका वाँकी दर्ुइ वटा एम्वुलेन्स पनि थन्किने निश्चित रहेको उहाँले जानकारी दिनुभयो ।
एम्वुलेन्सहरु थन्किएपछि आकस्मिक तथा गम्भिर प्रकृतिका विरामीहरुलाई काठमाण्डौ तथा अन्यत्र लान मात्र होईन, स्थानिय अस्पतालहरुमा लैजान समेत समस्या भएको छ ।
|