साउन २९ / August 13
 

यातायात ब्यवसायी तथा मजदुर सम्वद्ध संस्थाहरुको आब्हानमा विगत पाँच दिन देखि जारी यातायात बन्दका कारण ढुवानीमा समस्या भएपछि धरानमा तरकारीको अभाव सिर्जना भएको छ ।
अभावसँगै मौसमी तरकारीको मुल्यमा पचास प्रतिशतसम्म बृद्धि भएको छ ।
यातायात बन्दका कारण धरान लगायत पर्ुवाञ्चलका प्रमुख शहरहरुमा सब्जी आपर्ुर्ति गर्दै आएको कृषि तथा थोक उपज बजार स्थल धरानका लागि सब्जी ढुवानी रोकिएको छ । धनकुटा तथा अन्य जिल्लावाट दैनिक करिव तीन सय मेटि्रक टन सब्जी ढुवानी हुने गरेकोमा हाल सो ठप्प रहेको बजार स्थलका प्रवन्धक शम्भु कटुवालले बताउनुभयो । हाल बजार स्थलमा वाँकी रहेको करिव ५० टन जति तरकारीले २ दिन पनि नपुग्ने स्थिती छ । बजार स्थल नै रित्तिएपछि धरानका भानुचौक, पालिका बजार लगायतका सब्जीबजारहरु समेत प्रभावित भएका छन् ।
सँधै तरकारी ब्यापारी, ग्राहक, यातायात ब्यवसायीको भीड लाग्ने बजार स्थल अहिले सुनसान छ ।
उत्पादित तरकारी ढुवानी नभएपछि सवभन्दा बढि समस्या कृषकलाई भएको छ ।

-लिलानाथ घिमिरे
फोटो-श्रीशिसार्राई

 

©viewdharan.com
All the contents in this site is protected by law. It is strictly prohibited to publish the content of this site in any form without the written consent of viewdharan.com
mail@viewdharan.com